फैलिँदै गुरुङ फिल्म

बुधबार, १९ माघ २०७३, १२ : ०८ मनोज घर्तीमगर , Kathmandu
फैलिँदै गुरुङ फिल्म

गुरुङ फिल्मलाई उद्योगकै रूपमा लैजान पोखराका फिल्मकर्मी कस्सिएका छन् । विसं. २०६५ वैशाख २५ गते गुरुङ फिल्म एसोसिएसन, नेपाल स्थापना गरेर निर्माता, निर्देशक, प्राविधिक, कलाकार व्यावसायिक रूपमा लागेपछि गुरुङ फिल्मले उद्योगको रूप लिन सुरु गरेको हो । नेपाली फिल्म उद्योगपछि सबैभन्दा धेरै फिल्म बन्ने गुरुङ फिल्म उद्योगमा लगानी पनि बढ्दै गएको छ ।
२०५२ सालमा युवराज मास्की रानामगरको निर्देशनमा पहिलो गुरुङ फिल्म ‘पाते’ (माइली) बनेको थियो । त्यसपछि गुरुङ समुदाय फिल्म उद्योगमा लगानी गर्न हौसियो । त्यसपछि कलाकार क्याप्टेन मीनबहादुर गुरुङले फिल्म ‘न्हाम्स्योन्होरी’ (कुहिरोभित्र) बनाए ।
अहिले गुरुङ फिल्म बन्ने लहरै चलेको छ । २०७२ मा १४ वटा गुरुङ फिल्म बने । २०७३ को अन्ततिर आउँदा १६ वटा फिल्मको सुटिङ सकिसकेको छ र एकदुई वटा फिल्म सुटिङको तयारीमा छन् । फिल्म बनाउन गुरुङ फिल्मकर्मीबीच अघोषित प्रतिस्पर्धाजस्तै देखिएको छ । फिल्म निर्माणको क्रम बढ्दा उनीहरूले पनि व्यावसायिकताको स्वाद लिन पाएका छन् । ‘गुरुङ फिल्म उद्योग दिनप्रतिदिन चम्किदै छ । अहिले पनि पोखरामा तीनचार वटा फिल्म फ्लोरमा छन्,’ आदिवासी जनजाति चलचित्र महासंघका कोषाध्यक्ष एवं निर्देशक युगबहादुर गुरुङले भने, ‘गुरुङ फिल्म बनाएरै बाँच्ने कलाकार, निर्देशक, प्राविधिक थुप्रै छन् । स्टुडियोले पनि राम्रै काम पाएका छन् । यसले पनि गुरुङ फिल्म उद्योगको रूपमा विकसित भएको देखाउँछ ।’
सुरुमा आफ्नो भाÈा, संस्कृति संरÔण र संवद्र्धन गर्ने भन्दै गाउँ परिवेशलाई केन्द्र बनाएर गुरुङ फिल्म बनाइन्थे । आजभोलि धार बदलिएको छ । आफ्ना मुद्दा स्थापित गर्न, विभेदमा पारिएका र मनोविज्ञानका कथासम्म गुरुङ फिल्ममा देखिने गरेका छन् । पछिल्लो समय त राजनीतिक मुद्दाले पनि फिल्ममा प्राथमिकता पाउन थालेको छ । कृष्णकुमार गुरुङले निर्देशन गरेको फिल्म ‘तमु ह्युला’ (गुरुङ राज्य) र ‘यम्फावती’ यसकै उदाहरण हुन् ।
जिफानका संस्थापक अध्यÔ माओत्से गुरुङका अनुसार अहिले सरदर वर्षमा १५ वटाजति गुरुङ फिल्म बन्छन् । ‘नेपालीपछि सबैभन्दा ठूलो फिल्म उद्योग गुरुङ फिल्म नै हो,’ निर्देशक÷निर्माता माओत्स गुरुङले भने, ‘सरदर वार्षिक १५ वटाजति फिल्म बन्छन् ।’
गुरुङ फिल्मको बजार गाउ“घरदेखि विदेशसम्म फैलिएको छ । यसले गर्दा पनि गुरुङ फिल्म भटाभट बनेका हुन् । अधिकांश गुरुङ फिल्मले लमजुङ, गोरखा, पर्वत, तनहु“, मनाङ, मुस्ताङ, स्याङजालगायत जिल्ला र पोखरा, काठमाडौँमा समेत हुने च्यारिटी सोबाटै लगानी उठाउने गरेका छन् । ‘प्रोजेक्टरबाट गाउ“–गाउ“मा प्रदर्शन गर्ने चलन बढेको छ,’ गुरुङ फिल्मका निर्माता÷निर्देशक मनोज गुुरुङले भने ।  
अहिले पोखरामा गुरुङ फिल्म निर्माण गर्ने दुई दर्जनभन्दा बढी कम्पनी छन् । निर्देशक, कलाकार, प्राविधिक, निर्मातालगायत ३ सय ५० भन्दा बढी यस उद्योगमा आबद्ध छ ।

Leave A Comment