भीआईपीका रुचि/अभिरुचि

बुधबार, १९ माघ २०७३, १२ : ०५ शुक्रवार , Kathmandu
भीआईपीका रुचि/अभिरुचि

एन्जेला मर्केल, जर्मन चान्सलर
–    फुर्सदमा उनी भान्छामा पुगिहाल्छिन् । खाना पकाउनु उनको सबैभन्दा ठूलो रुचि हो । आफू र श्रीमान्लाई मन पर्ने परिकार बनाउन पाउँदा मख्ख पर्छिन् ।
–    उनी खाना पकाउने रेसिपीसम्बन्धी किताब पढ्न पनि उत्तिकै रुचि राख्छिन् । रेसिपी पढेपछि सोहीअनुरूप खाना बनाउने गर्छिन् ।
–    जर्मनी विभाजित रहँदाताका उनी पूर्वी जर्मनीमा हुर्किएकी हुन् । पूर्वी जर्मनीतिर प्रचलित खाना भनेपछि उनी हुरुक्क हुन्छिन् ।
–    हंगेरीको परिकार लेट्चो, सासिल्क, मसलायुक्त कबाब, आलुको झोल, ट्राउट माछाको परिकार र आलुबखडाको केक उनका मन पर्ने खाना हुन् ।
–    किताब पढ्न असाध्यै रुचाउँछिन् । उनको सबैभन्दा प्रिय किताब बाइबल हो ।
–    जर्मन कवि गोथेका रचना पढ्न पनि उनी साह्रै रुचाउँछिन् । गोथेको ‘फाउस्ट’ उनको अर्को मन पर्ने किताब हो ।
–    रुसी साहित्यमा पनि उनको अभिरुचि छ । फ्योदोर दोस्तोयभ्स्की उनको प्रिय लेखक हुन् । दोस्तोयभ्स्कीको ‘ब्रदर्स कारामाजोभ’ उनलाई मन पर्ने किताब हो ।
–    इभा क्युरीले लेखेको महिला वैैज्ञानिक म्याडम क्युरीको जीवनी पनि मर्केललाई असाध्यै मन पर्छ ।
–    इतिहासका किताबमा पनि उनको गहिरो अभिरुचि छ । जर्गेन ओस्टरह्यामेलको ‘द ट्रान्सफर्मेसन अफ द वल्र्ड’ उनले सबैभन्दा रुचाएको इतिहाससम्बन्धी किताब हो ।

Leave A Comment