नांगाहरूको जिमखाना

मङ्गलबार, १८ माघ २०७३, ०१ : २३ शुक्रवार , Kathmandu
नांगाहरूको जिमखाना

संसारमा पहिलो पटक नांगै भएर जिम गर्ने जिमखाना खुलेको छ ।
बेलायती शहर साउथएम्प्टनकी एउटी महिलाले यस्तो जिमखाना खोलेकी हुन्, जसमा सबै जनाले नांगै भएर कसरत गर्नुपर्छ । ती महिला हुन्, ३५ वर्षीया जिमगुरु हेलेन स्मिथ । अहिलेसम्म उनको जिमखानामा १० जना मानिस भर्ना भइसकेका छन् ।
जिमखानामा भर्ना हुनेहरू ३३ देखि ७० वर्ष बीचका छन् । उनीहरूले गत साता सामूहिक रूपमा नांगै भएर जिम गरेका थिए । यसलाई निरन्तरता दिने सोचमा आफू रहेको हेलेनले बताएकी छिन् । नांगै भएर कसरत गर्दा सिकाउने र गर्ने दुवैलाई सहज हुने उनी बताउँछिन् ।

 

Leave A Comment