बाथटबमा इलियाना

सोमबार, १७ माघ २०७३, ०१ : ३६ शुक्रवार , Kathmandu
बाथटबमा इलियाना

फिल्म ‘बर्फी’मार्फत बलिउडमा डेब्यू गरेकी अभिनेत्री इलियाना डिक्रुज अहिले चर्चाको विषय बन्न पुगेकी छिन् । इन्स्टाग्राममा हालसालै अप्लोड भएको उनको नग्न तस्बिरका कारण उनी चर्चामा आएकी हुन् ।
बाथटबमा नांगै नुहाउँदै गरेको तस्बिर उनको इन्स्टाग्राम एकाउन्टमा अप्लोड भएको हो । अप्लोड हुनासाथ सो तस्बिर भाइरल बन्न पुगेको थियो । तस्बिर अप्लोड हुनसाथ लाखौँले यसलाई लाइक गरेका थिए भने विभिन्न अनलाइनले यसबारे समाचार बनाएका थिए ।
तस्बिरलाई लिएर उनका फ्यानहरूले उनलाई जथाभावी भन्न थालेपछि उनले तस्बिरबारे थप कमेन्ट आउन नमिल्ने गरी ‘टर्न अफ कमेन्टिङ’ बटन दबाएकी छिन् । सो तस्बिर उनका फोटोग्राफर प्रेमी  एन्ड्र्युले खिचेको समाचारमा जनाइएको छ ।

Leave A Comment