‘गीत सुनेर टेन्सन मार्छु’

सोमबार, १७ माघ २०७३, ०१ : २२ शुक्रवार , Kathmandu
‘गीत सुनेर टेन्सन मार्छु’

बा.१.ह ४०८१
चालकः उर्मिला कुमारी मगर

कता जाँदै हो दिदी ?
सुन्धारातिर ।
कता बसिन्छ ?
यतै नयाँ बानेश्वरतिर ।
अनि, घर चाहिँ ?
सर्लाही हो ।
काठमाडौँ छिरेको कति भयो ?
आठ वर्षजति भयो ।
ड्राइभिङ गर्न थालेको ?
त्यो पनि आठ वर्ष नै भयो ।
कसरी सिकियो ड्राइभिङ ?
बुढालाई छोडेँ । त्यसपछि ट्याम्पू चलाएर बाँच्नुप¥यो भनेर ड्राइभिङ सिकेँ ।
श्रीमान्लाई चाहिँ किन छोड्नुभा’को ?
दिनरात कुटेर हैरान पारेपछि नछोडी के गर्नु त । त्यसमाथि सासुले पनि देखिनसहने । घरमा बस्ने मनै लागेन । छोडिदिएँ  ।
बच्चाबच्ची कति छन् ?
छन् नि दुई भाइछोरा । तर, म एक्लै बस्छु ।
उहाँहरूको याद आउँदैन र ?
उनीहरूले वास्ता गरे पो याद आउँछ !
कुन रुट चलाउनुहुन्छ ?
कात्यानीदेखि रत्नपार्क हुँदै मिलनचोकसम्म ।
दिनमा कति टिपसम्म पुग्छ ?
ट्याम्पूको ब्याट्री चार्ज भएको बेला आठ टिपसम्म पुग्छ । चार्ज नभएको बेला चारपाँच टिपजति गरिन्छ ।
ट्याम्पू आफ्नै हो कि साहूको ?
साहूको । आफ्नो त किन्ने आँट पनि हुनुप¥यो नि !
यो पेशाका समस्या के–के हुन् ?
ट्राफिक समस्या । जथाभावी रोक्दा चिट काट्छ । मान्छे झुन्ड्याएर लैजान दिँदैन ।
गीतसंगीत कत्तिको सुनिन्छ ?
सुन्छु । टेन्सन भएको बेला गीत सुन्दा आनन्द लाग्छ । गीत सुनेरै टेन्सन मार्छु ।
फिल्म नि ?
खासै हेर्दिनँ । वर्षमा एकचोटि हेरिन्छ होला ।
आफ्नो लागि केही योजना छ कि ?
छ नि । कोही राम्रो मान्छे भेटिएछ भने फेरि बिहे गर्ने सोच छ ।

प्रस्तुतिः रचना श्रेष्ठ

Leave A Comment