जन्तीको स्वागतमा हेलमेट

सोमबार, १७ माघ २०७३, १२ : १९ शुक्रवार , Kathmandu
जन्तीको स्वागतमा हेलमेट

जन्तीको स्वागत माला, मिष्टान्न परिकार आदिले गर्ने चलन छ । तर, भारतको मध्यप्रदेशको निमच जिल्लामा गत साता भएको एउटा बिहेमा जन्तीलाई हेलमेट लगाइदिएर स्वागत गरिएको छ ।
जन्तीलाई हेलमेट लगाइदिएर स्वागत गरेको यसअघि कहिल्यै नदेखेका मानिसहरू चकित परेका थिए । तर, यस्तो स्वागत योजनाबद्ध ढंगले गरिएको थियो । ट्राफिक नियमसम्बन्धी सचेतना लगाउन जन्तीलाई यसरी उपहारस्वरूप हेलमेट दिइएको थियो ।
विवाह समारोहमा जिल्लाका यायायात अधिकारी रामसिंह राठौर र ट्राफिक प्रहरीका केही अधिकारीसमेत थिए । यातायात कार्यालय तथा ट्राफिक प्रहरीको सल्लाहमा बेहुली पक्षले हेलमेटले जन्तीको स्वागत गर्ने निर्णय गरिएको थियो । जन्तीलाई बेहुलीका मामाले हेलमेट लगाइदिएका थिए । विवाह समारोहमा उपस्थितलाई ट्राफिक प्रहरीले ट्राफिक नियमबारे छोटो कक्षासमेत दिएका थिए ।

Leave A Comment