जसको बिकिनीले संसद् हल्लायो

सोमबार, १७ माघ २०७३, ११ : ३३ शुक्रवार , Kathmandu
जसको बिकिनीले संसद् हल्लायो

बलिउडमा आजभोलि बिकिनी र स्विमसुट लगाउनु सामान्य भइसक्यो । तर, १९६० देखि ८० को दशकमा धेरै कम अभिनेत्री बिकिनी लगाएर क्यामरासामु आउन तयार हुन्थे । ६० को दशकमा अभिनेत्री शर्मिला टैगोर पहिलो पटक बिकिनी लगाएर दर्शकसामु आइन् । उनको यो अवतार दर्शकलाई खासै मन परेन । उनी विवादमा फसिन् ।
सन् १९६६ मा फिल्मफेयर म्यागजिनको आवरण पृष्ठमा शर्मिला बिकिनीमा देखिइन् । भारतीय दर्शकले पहिलो पटक कुनै अभिनेत्रीलाई बिकनीमा पोज दिएको देखेका थिए । विवाद यति बढ्यो कि संसद्मा समेत यो मुद्दा उठाइयो । बिकिनीमा फोटोसुट गराउने शर्मिला त्यतिखेरकी पहिलो अभिनेत्री हुन् । यति मात्र नभई फिल्मफेयर म्यागजिनका लागि बिकिनीमा पोज दिने उनी पहिलो भारतीय अभिनेत्री पनि हुन् ।
भनिन्छ, जब उनी फोटोसुटका लागि स्टुडियो पुगिन् फोटोग्राफर धीरेन चावडाले उनलाई सोधे, ‘सुटमा के लगाउनुहुन्छ ?’ शर्मिलाले ब्यागबाट फ्लोरल टू–पिस स्विमसुट निकालिन् र भनिन्, ‘यसमा फोटोसुट गराउनेछु ।’ टू–पिस बिकिनीमा म्यागजिनमा देखिने उनी पहिलो भारतीय अभिनेत्री बनिन् । केही दिनपछि कभर पेज भाइरल भयो र यससँग जोडिएका विवाद पनि बढ्दै गए ।
वर्ष १९६६ शर्मिलाका लागि अत्यन्त सुखद रह्यो । यस वर्ष उनका ‘अनुपमा’, ‘देवर’, ‘सावन की घटा’, ‘नायक’ र ‘ये रात फिर न आएगी’ पाँच फिल्म रिलिज भए । पाँचै फिल्ममा उनको अभिनयका प्रशंसा भयो । साथै, बिकिनी विवादले पनि उनलाई फाइदा पु¥यायो ।
यसपछि लामो समयसम्म शर्मिलाले त्यस फोटोसुटसँग जोडिएका प्रश्नको सामना गर्नुप¥यो । उनी यसबाट वाक्कदिक्क भइन् । एक अन्तर्वार्तामा उनले भनिन्, ‘हाम्रो समाज त्यतिखेर एकदमै रुढिवादी थियो । मैले के गरिरहेकी छु भन्ने मलाई कुनै आइडिया थिएन । मानिसहरूले मलाई कस्ता–कस्ता कुरा सुनाए । कतिपयले भने लाइमलाइट बटुल्न यस्तो गरेको आरोपसमेत लगाए । त्यतिबेला म जवान थिएँ । केही नयाँ र अरूभन्दा फरक गर्न चाहन्थेँ ।’
पछि शर्मिलाले त्यतिखेरका प्रसिद्ध भारतीय क्रिकेटर नवाब मंसुर अली खान पटौदीसँग लगनगाँठो कसिन् । दुवैको भेट सन् १९६५ मा दिल्लीमा एक जना साथीमार्फत भएको थियो । चार वर्ष डेटिङ गरेपछि उनीहरूले सन् १९६९ मा बिहे गरेका थिए । बिहेपछि शर्मिलाले आफ्नो धर्म परिवर्तन गरिन् । उनी हिन्दूबाट मुस्लिम भइन् । उनले आफ्नो नाम आयशा सुल्ताना राखिन् । उनका तीन छोराछोरी छन्– सैफ अली खान, सबा अली खान र सोहा अली खान ।
बिहेको केही समयपछि उनी पारिवारिक कारणले फिल्म क्षेत्रबाट टाढिइन् । अहिले चाहिँ कहिलकाहीँ फिल्ममा ‘स्पेसल अपियरेन्स’मा देखिने गरेकी छिन् ।

Leave A Comment