सुन्दर बन्न खोज्दा बेहाल

सोमबार, १७ माघ २०७३, ११ : १५ शुक्रवार , Kathmandu
सुन्दर बन्न खोज्दा बेहाल

सुन्दर देखिने होडमा मानिसले शरीरका विभिन्न भागको शल्यक्रिया गराउनेदेखि सिलिकन ट्रान्सप्लान्टसम्म गर्ने गरेका छन् । यस्तो गरेर आफूलाई बिछट्टै राम्रो देखाउनेहरू पनि छन् । तर, बेलायतकी एक युवती राम्रो बन्न सर्जरी गराउँदा हेर्दै डरलाग्दो देखिने गरी कुरूप भएकी छिन् ।
४१ वर्षीया टेमी स्टेनलीलाई आफ्नो नाकसहित सम्पूर्ण अनुहार राम्रो लाग्दैन थियो । राम्रो देखिन भनेर उनल पटक–पटक अनुहारको सर्जरी गराइन् । प्लास्टिक सर्जरी गराउन भनेर उनले बेलायतको जोन रेड्क्लिफ हस्पिटलमा जम्मा ४० पटक सर्जरी गराइन् । हरेक पटक अनुहारको प्लास्टिक सर्जरी गराउँदा उनको अनुहार बिग्रियो र यसलाई सपार्ने नाममा सर्जरी गराउँदागराउँदै ४० पटकसम्म उनले सर्जरी गराइन् । जसले गर्दा उनी अहिले भद्दा देखिएकी छिन् ।

Leave A Comment