सौन्दर्यका लागि दूध

आइतबार, १६ माघ २०७३, १० : ५८ शुक्रवार , Kathmandu
सौन्दर्यका लागि दूध

-    मुसुरोको दालको पाउडरमा दूध मिसाएर लेप लगाउनाले चाया, पोतो कम हुँदै जान्छ ।
-   कान्तिहीन, पहेँलो र निलो छालामा दूध र कागतीको रस मिसाएर धुने गर्नाले अनुहार उज्यालो बन्छ ।
-   सुक्खा छाला भएमा केराको गुदीमा मह र क्रिम मिसाएर फेस प्याक लगाउनाले फाइदा गर्छ ।
-   चिल्लो छाला भएमा महीले सफा गर्नाले चिल्लोपन कम हुन्छ ।
-    जौको पिठोमा केराको वा मेवाको गुदी र दूध मिसाएर लगाउनाले अनुहारको छाला चाउरीरहित हुन्छ ।
-   नौनीमा अलिकति बेसार र कागतीको रस मिसाएर लगाउनाले छालालाई चिल्लो, नरम बनाउनुका साथै घामबाट बढेका छालालाई पनि शीतलता प्रदान गर्छ ।
-    दूध र मह मिसाएर हल्का तातो बनाई शरीरमा लगाउनाले छाला मुलायम र चम्किलो हुन्छ ।
-    मेकअप हटाउँदा दूध वा क्रिमको प्रगोग गर्न सकिन्छ ।
-   दूधले अनुहारमा मालिस गरी मनतातो पानीले धुने गर्नाले छालामा लाली चढ्छ ।
ड्ड    मख्खन वा घिउ फुटेको भागमा लगाउनाले निको हुँदै जान्छ ।
-   ठूलो बदामको पाउडर र दूधको मिश्रण लगाउनाले आँखा वरिपरिको कालो कम हुन्छ ।
-    ओठ फुटेमा गुलाबको फूल पिसेर मह र दूधसँग मिसाएर लगाउनाले नरम र रातो ओठ बन्छ ।
-    पिठोको चोकर र दूध मिसाएर स्क्रब पारेर शरीरमा मल्नाले मृत छाला हटेर नरम र सफा बन्छ ।
-    फेस प्याक पुछ्दा दूधको प्रयोग गरेर हटाउन सकिन्छ ।
-    दूध र मेथीको लेपले कपाल झर्न रोक्छ ।
-   अमिलो दहीको प्रयोगबाट कपाल र छालाको चिल्लोपन हट्छ ।
-   भान्सामा काम गर्दा नौनी वा घिउ अलिकति हातमा दल्दा हात फुट्दैन । नङलाई पनि बलियो बनाउँछ ।
-   दूध र दूधजन्य पदार्थको प्रयोगबाट छाला र कपाललाई सफा राख्न, पोषण गर्न, सुरक्षा र सौन्दर्य वृद्धि गर्न मद्दत मिल्छ ।

 

Leave A Comment