कवि तीर्थको एकल कविता वाचन

आइतबार, १६ माघ २०७३, १० : ५४ शुक्रवार , Kathmandu
कवि तीर्थको एकल कविता वाचन

लायन्स क्लब अफ पोखरा भैरवको आयोजनामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रम भएको छ । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा कवि तीर्थले झन्डै तीन दर्जन कविता, गीत र मुक्तक सुनाए । कार्यक्रममा कविले पहिलो कविता वरिष्ठ कलाकार वात्स्यायनलाई समर्पित गरे । ‘भै गो दुर्गा दाइ’ शीर्षकको कविताबाट देशको कुरुप चित्र बोलेका तीर्थले कार्यक्रम अवधिभर प्रायः देश र माटोकै चिन्ता पोखे । द्वन्द्वकालमा मारिएका मुक्तिनाथ अधिकारीको विम्बलाई ‘मुक्तिनाथ’ शीर्षकको कवितामार्फत व्यक्त गरे ।

 

Leave A Comment