फर्किंदै जेरार्ड

आइतबार, १६ माघ २०७३, १० : ५० शुक्रवार , Kathmandu
फर्किंदै जेरार्ड

इंग्ल्यान्डको राष्ट्रिय टोली तथा प्रिमियर लिग क्लब लिभरपुलका पूर्वकप्तान स्टिभन जेरार्ड प्रशिक्षक भएर क्लबमा फर्कने भएका छन् । जेरार्ड लिभरपुलको युथ टिमको प्रशिक्षकका रूपमा क्लब फर्किन लागेका हुन् । यससम्बन्धी सम्झौता पनि भइसकेको छ । यो सम्झौता भावनाका आधारमा नभई क्षमताका आधारमा गरिएको क्लब र जेरार्ड दुवैले बताएका छन् ।
‘मेरासामु ठूलो अवसर आएको छ, मैले प्रशिक्षकका रूपमा सिक्ने र आफूलाई विकसित गर्दै लैजानेछु,’ सम्झौतापछि जेरार्डले भने, ‘अब मैले मेरो अनुभव र ज्ञान युवा खेलाडीसँग बाँड्नेछु ।’
३६ वर्षका जेरार्डले सन् १९९८ देखि २०१५ सम्म लिभरपुलबाट ७ सय १० खेल खेलेका थिए । उनले क्लबलाई नौ वटा उपाधि दिलाए । सन् २०१४–१५ को सिजनको अन्तिममा अमेरिकी क्लब एलए ग्यालेक्सीबाट खेलेको उनले गएको नोभेम्बरमा सन्न्यासको घोषणा गरेका थिए । जेरार्डले १ सय १४ खेलमा इंग्ल्यान्डको कप्तानी गरेका थिए ।

 

Leave A Comment