नयाँ सम्बन्धमा ब्रिट्नी

आइतबार, १६ माघ २०७३, १० : ४९ शुक्रवार , Kathmandu
नयाँ सम्बन्धमा ब्रिट्नी

बेलायती गायिका ब्रिट्नी स्पियर्सले नयाँ प्रेमी फेला पारेकी छिन् । साम अस्गारी नाम गरेका युवकसँग उनी केही महिनायता प्रेममा छिन् ।
ब्रिटनी अलिक अस्थिर स्वभावकी छिन् । पहिलो पल्ट बिहे गरेर सन्तान पाएपछि उनले पहिलो श्रीमान्सँग सम्बन्ध विच्छेद गरेकी थिइन् । त्यतिबेला उनी मानसिक रूपमा विक्षिप्त भएकी थिइन् र नांगै सडकमा कुद्नेसम्मका हर्कत देखाएकी थिइन् । त्यसयता उनी केही युवकसँग जोडिन पुगेकी थिइन् । तर, कसैसँग पनि उनको सम्बन्ध जम्न सकेको छैन ।
नयाँ प्रेमी साम फेला परेपछि उनी ज्यादै खुशी भएकी छिन् । साथै, सामलाई उनले बढी समय दिन थालेकी छिन् । तर, ब्रिट्नीको अस्थिर स्वभावसँग परिचित उनका निकटस्थहरू भने चिन्तित छन् । किनकि, विगतका अन्य प्रेमीझैँ सामसँग पनि उनको सम्बन्ध लामो समयसम्म टिक्न नसक्ने र प्रेम सम्बन्ध पुनः भत्किँदा उनको मनमा फेरि नराम्रोसँग चोट पुग्ने चिन्ता उनीहरूलाई छ ।

 

Leave A Comment