अपराधी आफैँ आउँछन् पक्राउ पर्न

आइतबार, १६ माघ २०७३, १० : ३३ शुक्रवार , Kathmandu
अपराधी आफैँ आउँछन् पक्राउ पर्न

प्रहरीलाई अपराधीहरूले रुचाउँछन् भनेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । अझ कतिपय अपराधी त आफूलाई पक्राउ गर्न आग्रह गर्दै प्रहरीकोमा जाने गर्छन् भनेको सुन्दा पत्याउन गाह्रो पर्छ । तर, अमेरिकी शहर न्युयोर्कमा साँच्चिकै यस्तो हुने गरेको छ ।
न्युयोर्क प्रहरी प्रशासनकी महिला अधिकारी सामन्था सेपुल्वेडाको सामुन्ने शहरका अपराधीहरू ‘कृपया मलाई पक्राउ गर्नुस्’ भन्दै हाजिर हुने गरेका छन् ।
सामन्था असाध्यै सेक्सी छिन् । उनी मोडलसमेत हुन् । अमेरिकाको एउटा अन्डरगार्मेन्ट कम्पनीका लागि उनले विगत चार वर्षदेखि मोडलिङ गर्दै आएकी छिन् । अन्डरगार्मेन्ट पहिरिएर उनले गरेको मोडलिङ न्युयोर्कमा चर्चाको विषय बन्न पुगेको छ । ‘सेक्सी प्रहरी अधिकारी’ भन्दै विभिन्न पत्रपत्रिका तथा अनलाइनमा उनीबारे समाचार बारम्बार प्रकाशित भइरहन्छन् । उनको सुन्दरताबाट कायल भएर अपराधीहरू उनीसामु पुगेर पक्राउका निम्ति आग्रह गरेका घटना पटक–पटक भएका छन् । पक्राउ पर्दा उनले आफूलाई स्पर्श गर्ने लालसामा अपराधीहरूले पक्राउका निम्ति आग्रह गर्ने गरेका छन् । कतिपय अपराधीले त आफूलाई डेटिङका निम्ति अनुरोधसमेत गरेको उनी बताउँछिन् । 

Leave A Comment