कतिखेर दूध पिउँदा राम्रो ?

शनिबार, १५ माघ २०७३, ०१ : ०६ शुक्रवार , Kathmandu
कतिखेर दूध पिउँदा राम्रो ?

दूध प्रचुर मात्रामा क्याल्सियम पाइने पेय पदार्थ हो । क्याल्सियमसहित यसमा प्रोटिन, म्याग्नेसियम, पोटासियम, फस्फोरस, भिटामिन–बी २, भिटामिन–बी १२ र भिटामिन–डी प्रचुर मात्रामा पाइन्छ । दूध पिउनु लाभदायक हो तर कतिखेर पिउनु उपयुक्त हुन्छ भन्नबारे चाहिँ धेरैमा अन्योल छ । आयुर्वेदले दूध पिउने सबैभन्दा उपयुक्त समय राति भएको बताएको छ ।
बिहान किन नपिउने ?
पचाउन कठिन हुने पेयमा पर्छ, दूध । बिहान सादा दूध अथवा दूध हालेर धान, गहुँ अथवा जौको चिउरा खानाले पचाउन गाह्रो हुन्छ । पाचनमा समस्या हुँदा पेट दुख्ने अथवा छाती पोल्ने समस्या देखिन्छ । बिहानको समयमा उमालेको फलफूल अथवा तरकारी खानु उत्तम हुन्छ । बिहान फ्याट कम भएको दूधमा जौको चिउरा मिसाइ पकाएको परिकार खानु उत्तम हुन्छ ।
राति किन पिउने ?
राति सुत्दा शरीर क्रमशः रिल्याक्स्ड हुँदै जान्छ । राति दूध पिउनाले शरीर राम्रोसँग रिल्याक्स्ड हुन्छ र मीठो निद्रा पर्छ ।
दूधमा ट्राइप्टोफान नामक एमिनो एसिड पाइन्छ, जसले गहिरो निद्रा लगाउन मद्दत गर्छ । ट्राइप्टोफान शरीरभित्र गएर सेरोटोनिन र मेलाटोनिन नामक न्युरोट्रान्समिटर सिर्जना गर्छ । यसले निद्राको अवधिलाई कम हुन दिँदैन । त्यही भएर खाना खाएपछि र सुत्नुभन्दा आधा घण्टाअघि मनतातो दूध पिउनु उपयुक्त हुन्छ भनी आयुर्वेदले भनेको छ ।
दूधमा पाइने म्याग्नेसियमका कारण पनि बिहान नभई राति दूध पिउने गर्नुपर्छ । दूध पिएर सुत्नाले यसमा पाइने म्याग्नेसियमले शरीरको स्नायु र मांसपेशीलाई सुचारु राख्छ । यसले पनि मीठो निद्रा लगाउन मद्दत गर्छ । दूधमा पाइने क्याल्सियमले शरीरमा सेटोटोनिनको मात्रा बढाउने भएकाले अनिद्राको समस्या भएकाहरूले सुत्नुअघि दूध पिउनु उत्तम हुन्छ । दूध पिउनुअघि यसमा थोरै बेसार मिसायो भने दूधबाट पाइने लाभमा व्यापक वृद्धि हुन्छ । किनकि, बेसारमा जलननिरोधी, दुखाइनिरोधी र ब्याक्टेरियानाशक तŒव पाइन्छ । दूध पिएर सुत्नाले तनाव पनि कम हुन्छ ।
कसले नपिउने ?
कतिपय मानिसले भने बिहान अथवा राति दुवै समय दूध नपिउँदा ठीक हुन्छ । खास गरी दुग्ध परिकार पचाउन नसक्नेले दूधदेखि परै बसेको राम्रो । दुग्ध परिकार खाएपछि पेट डम्म फुल्ने, पखाला लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्नेलगायत समस्या हुने गर्छ भने त्यस्ता मानिसले दूध पिउनु हुँदैन । यस्ता मानिसले राति दूध खाएर सुत्यो भने उल्टो निद्रा नलाग्ने समस्या हुन्छ ।

 

Leave A Comment