प्रहरीका निम्ति नाचिन् कट्रिना

शनिबार, १५ माघ २०७३, १२ : ४८ शुक्रवार , Kathmandu
प्रहरीका निम्ति नाचिन् कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफ छमछमी नाचेकी छिन् । कुनै फिल्मको छायांकनमा नृत्यनिर्देशकको निर्देशनमा उनी नाचेकी भने होइनन् । यसपालि उनलाई नचाउने काम नृत्य निर्देशकले नभई प्रहरीले गरेको छ ।
भारतीय शहर मुम्बईमा गत साता प्रहरीले बर्सेनि मनाउने कार्यक्रम ‘उमंग’ मनाइयो । सो कार्यक्रममा कट्रिनाले पर्फर्मेन्स गर्ने व्यवस्था समेत मिलाइएको थियो । सोही अनुरूप उनले अभिनेता सिद्धार्थ मल्होत्रासँग नाचेकी थिइन् । फिल्म ‘बार बार देखो’को हिट गीत ‘काला चश्मा’मा उनीहरूले नृत्य गरेका थिए । प्रहरीको सो कार्यक्रममा आलिया भट्ट, माधुरी दीक्षित, युलिया वन्तुर, प्रिटी जिन्टा आदिले पनि नृत्य गरेका थिए ।

 

Leave A Comment