दीप्ति भइन् ‘मिस तामाङ’

बिहिबार, १३ माघ २०७३, ११ : २४ शुक्रवार , Kathmandu
दीप्ति भइन् ‘मिस तामाङ’

‘मिस तामाङ पोखरा २०१७’ को उपाधि सिम्पानी पोखराकी दीप्ति गोम्जा तामाङले जितेकी छिन् । उनले ‘मिस ट्यालेन्ट’को सबटाइटल पनि जितिन् । २८५३ औँ सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजले गरेको प्रतियोगितामा लेखनाथकी सीता तामाङ ‘मिस ब्युटिफुल विद पर्पज’को सबटाइटलसँंगै फस्ट रनरअप भइन् । मालेपाटनकी अरुणा लामा ‘मिस कन्फिडेन्ट’को सबटाइटलसँगै सेकेन्ड रनरअप बनिन् भने ‘पब्लिक च्वाइस अवार्ड’ लेखनाथकी मञ्जु तामाङले जितिन् ।
विजेता, उपविजेता तथा पब्लिक च्वाइसले क्रमशः एनआईसी एसिया बैंकको तर्फबाट २५ हजार, १५ हजार, १० हजार तथा ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाए । विजेता तथा उपविजेताले फेसन डिजाइनिङ तथा मन्टेश्वरी तालिमको छात्रवृत्ति पुरस्कार पाएका छन् ।

 

Leave A Comment