रहेनन् पन्नाकाजी

बिहिबार, १३ माघ २०७३, ११ : ०३ शुक्रवार , Kathmandu
रहेनन् पन्नाकाजी

गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको बुधवार बिहान काठमाडौँ, ताहाचलस्थित निवासमा निधन भएको हो । उनका पुत्रद्वय प्रवेशमान र पवित्रमान शाक्य नेपाली संगीतमा सक्रिय छन् ।
उनको ‘तिरिरी मुरली बज्यो वनैमा’ सर्वाधिक लोकप्रिय गीत हो ।  वि.सं. १९८८ मा जन्मेका पन्नाकाजी २००७ सालमा रेडियो नेपालमा प्रवेश गरेका थिए । उनले केही नाटकमा पनि अभिनय गरेका थिए । उनी नातिकाजी सम्मान, वीरेन्द्र पदक, गोरखा दक्षिण बाहु र ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’लगायत सम्मानबाट सम्मानित थिए । उनले आधुनिक, भजन, लोकगीत, नेपाल भाषाका गीत गरी करिब चार सय गीत गाएका छन् ।

 

Leave A Comment