ऋतिकको खानपान

बुधबार, १२ माघ २०७३, ०१ : ३५ शुक्रवार , Kathmandu
ऋतिकको खानपान

बलिउडका फिट अभिनेतामध्ये पर्छन्, ऋतिक रोशन । यसका लािग उनले खानपिन र व्यायाममा विशेष ध्यान दिने गरेका छन् । ऋतिकको  हरेक दिनको डाइट प्लान यस्तो छः

ब्रेकफास्ट
बिहान उठेर नित्यकर्म सिध्याएपछि उनी प्रोटिक सेक, चार वटा अण्डाको सेतो भाग, एक पिस ब्राउन ब्रेड लिन्छन् । त्यसपछि उनी मल्टिभिटामिन्सको गोली खान्छन् ।
लन्च
लन्चमा ऋतिक मासु छुटाउँदैनन् । कुखुराको छातीको मासु ५० देखि ६० ग्रामसम्म उनी हरेक दिनको लन्चमा लिने गर्छन् । साथै स्टिम गरेको अथवा स्टिम गरेको तरकारीलाई हल्का तेलमा भुटेर खाने गर्छन् । तरकारीमा उनी ब्रोकाउली असाध्यै रुचाउँछन् ।
हरेक दुई घण्टामा उनी केही न केही खाइरहन्छन् । लन्चपछि दिउँसो भोक लागेको बेला उनी अण्डाको सेतो भाग खान्छन् । दिनभरिमा उनी आठदेखि १० वटासम्म अण्डाको सेतो भाग खान्छन् । साथै, अम्लेट र स्क्रयाम्बल्ड एग खान पनि उनी रुचाउँछन् ।
डिनर
डिनरमा उनी ६० देखि ७० ग्राम रोस्ट गरेको माछा अथवा रोस्ट गरेको कुखुराको छाती खाने गर्छन् । माछामा उनी साल्मोन अथवा सिबास प्रजातिको माछा रुचाउँछन् । साथै, स्टिम गरेको अथवा हल्का तेलमा भुटेको स्टिम तरकारी खान्छन् । भात अथवा रोटी उनलाई नभए पनि हुन्छ ।

Leave A Comment