अभ्यस्त

बुधबार, १२ माघ २०७३, ०१ : २९ शुक्रवार , Kathmandu
अभ्यस्त

–ईश्वरी कार्की ‘वर्षा’

कवि देख्छ
जूनलाई
सौन्दर्ययुक्त नारी
अनुहार ।

एउटा भोको बालक
रोटी देख्छ जूनलाई,
सुकुमवासी देख्छ
छानाबाट चुहिएका
पानीका थोपा थाप्ने डेक्ची त्यसलाई ।

एउटा अभागी देख्छ
खाडीमा मरेकी छोरीको अनुहार
र, ऋण तिर्न बाँकी साहूको अनुहार ।

म भने
त्यही जूनमा पाउँछु
आमाको अनुहार,
त्यसबाट खसेको शीतमा
आमाका आँखाबाट
खसेका आँशुका थोपा । 

Leave A Comment