लन्डन सर्दै कोर्टनी

बुधबार, १२ माघ २०७३, ११ : ४६ शुक्रवार , Kathmandu
लन्डन सर्दै कोर्टनी

हलिउड अभिनेत्री कोर्टनी कक्स अब अमेरिकाबाट बेलायत सर्ने भएकी छिन् । अमेरिकाको लस एन्जलस शहरमा बस्दै आएकी उनी अब बेलायतको राजधानी लन्डन सर्दैछिन् ।
उनका पति जोनी  म्याकडेइड कामको सिलसिलामा लन्डन  बस्ने गर्छन् । लस एन्जलसमा कोर्टनी १२ वर्षीया छोरी कोकोसँग बस्छिन् । सानो परिवार छुट्टिएर के बस्नु भन्ने महसुस भएपछि उनी पतिसँगै लन्डन सर्न लागेकी हुन् । यसका लागि चाँजोपाँजो मिलाउन समेत उनले सुरु गरिसकेकी छिन् ।

Leave A Comment