सडकमा गोही आएपछि

बुधबार, १२ माघ २०७३, १० : ३३ शुक्रवार , Kathmandu
सडकमा गोही आएपछि

अमेरिकी राज्य फ्लोरिडाको लेकल्यान्ड जमिन तथा पानीमा रहने जीवहरूको अवलोकन गर्न आकर्षक ठाउँ हो । सोही स्थानमा गत साता पर्यटकको एउटा सानो समूह घुमिरहेको थियो । त्यत्तिकैमा छेउको झाडीबाट अत्यन्तै भयानक देखिने विशाल गोही निस्कियो ।
गोही देखेपछि भाग्नुको सट्टा केही पर बसेर पर्यटकहरूले त्यसको भिडियो खिचे । उनीहरूले भिडियो अनलाइन राखेपछि बाटोमा देखिएको त्यत्रो गोहीले धेरैलाई चकित बनायो । डरलाग्दो गोही एकातिरको झाडीबाट निस्कियो र अर्कोतिर गयो । छेउका मानिसलाई केही गरेन । फ्लोरिडाका मानिसमाझ अहिले त्यो गोही चासोको केन्द्र बन्न पुगेको छ । किनकि, यो गोही औसतभन्दा ठूलो छ ।

Leave A Comment