समाजसेवी नाओमी

मङ्गलबार, ११ माघ २०७३, ११ : ५० शुक्रवार , Kathmandu
समाजसेवी नाओमी

हलिउड अभिनेत्री नाओमी ह्यारिस दयालु चरित्रकी छिन् । त्यही भएर समाजसेवामा उनी हात बढाइरहने गर्छिन् । फुर्सद मिल्नासाथ उनी घरबारविहीनहरूको सेवा गर्न पुग्छिन् ।
‘सडकमा बस्ने बाध्यता भएकाहरूलाई आश्रय दिने र तिनीहरूको भरणपोषण गर्ने संस्थामा गएर मैले फुर्सदमा सेवा गर्ने गरेकी छु । आज म समाजका लागि केही गर्न सक्ने हैसियतमा छु । समाजका लागि अहिले मैले केही गरिनँ भने कहिले गर्छु ?’ उनले भनिन् । आफ्नो घरछेउमा आश्रयहीनहरूलाई गाँस र बास दिने एउटा संस्था रहेको र त्यही संस्थामार्फत आफूले समाजसेवा गर्ने गरेको उनले बताइन् ।

 

Leave A Comment