कर छलीमा सान्चेज

मङ्गलबार, ११ माघ २०७३, ११ : ४७ शुक्रवार , Kathmandu
कर छलीमा सान्चेज

इंग्लिस क्लब आर्सनलका स्टार खेलाडी एलेक्स सान्चेजले स्पेनमा रहँदा झन्डै १० लाख युरो कर छली गरेको स्वीकार गरेका छन् । चिलीका सान्चेजमाथि सन् २०१२ देखि २०१३ सम्म बार्सिलोनाबाट खेल्दा ९ लाख ८३ हजार युरो कर छली गरेको आरोप लागेको छ । यस विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।
लन्डनमा रहेका सान्चेजले भिडियो सम्पर्कमार्फत स्पेनको क्याटलान अदालतमा बयान दिँदै कर छलीको प्रयास गरेको स्वीकार गरेका छन् । दुई पटक कर छलीको प्रयास गरेको तर पछि सबै कर रकम तिरिसकेको पनि उनले बताएका छन् ।
कर तिरे पनि उनको मुद्दाको टुंगो लागेको छैन । कर छलेकोमा स्पेनिस कानुनअनुसार सान्चेजलाई दुई वर्षभन्दा कम जेल सजाय हुन सक्छ । तर, दुई वर्षभन्दा कम जेल सजाय पाउने व्यक्तिले कारागारमा बस्नु नपर्ने नियम भएकाले उनले जेल भने जानु पर्नेछैन ।

 

Leave A Comment