अम्बाका फाइदा

मङ्गलबार, ११ माघ २०७३, ११ : ४४ शुक्रवार , Kathmandu
अम्बाका फाइदा

पायल्स रोगीलाई राहत दिन्छ
हरेक बिहान खाली पेटमा अम्बा खानाले कब्जियतको समस्या कम हुन्छ । झाडापखाला रोक्छ
अम्बा खानाले पेटमा भएको इन्फेक्सन र ब्याक्टेरिया नाश हुने भएकाले झाडापखाला लागेको बेला अम्बा खानाले लाभ मिल्छ ।
पाचन सुधार्छ
अम्बामा भिटामिन–सी, केरोटेनोइड्स र पोटासिम पाइन्छ, जसले पाचन प्रणालीलाई बलियो बनाउँछ ।
आँखा तेजिलो बनाउँछ
अम्बामा पाइने भिटामिन–एले आँखा तेजिलो बनाउँछ । साथै रतन्धो लाग्नबाट समेत जोगाउँछ ।
दिमाग तेज बनाउँछ
अम्बामा पाइने भिटामिन–बी ३ र भिटममिन–बी ६ले दिमागमा रक्तसञ्चार बलियो बनाउँछ, जसले गर्दा दिमाग स्वस्थ र तेज बन्छ ।
थाइराइडबाट जोगाउँछ
अम्बामा कपर पाइन्छ, जसले थाइराइड प्रणालीलाई सन्तुलनमा राखी थाइराइडबाट निस्किने रसायनको घटबढबाट हुने रोग लाग्ने जोखिम कम गर्छ ।
मधुमेहमा लाभकारी
अम्बामा मधुमेहका रोगीका लागि लाभदायक हुने किसिमको फाइबर पाइन्छ ।
कब्जियत नास गर्छ
अम्बामा फाइबर बढी पाइने भएकाले यसले कब्जियतको समस्या कम गर्न मद्दत गर्छ ।
स्नायुलाई आराम दिलाउँछ
अम्बामा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । अम्बामा पाइने म्याग्नेसियमले मांसपेसी र स्नायु दुवैलाई आराम दिलाउँछ ।
गर्भवतीका लागि हितकारी
अम्बामा  फोलिक एसिड, भिटामिन–बी ९ पाइने भएकाले गर्भवती महिलाले अम्बा खाने गरेमा गर्भमा रहेको बच्चाको स्नायु प्रणाली कमजोर हुन पाउँदैन ।
प्रजनन क्षमता बढाउँछ
अम्बामा फोलेट नामक तŒव पाइन्छ, जुन खानाले महिला र पुरुष दुवैको प्रजनन क्षमता बढ्छ ।
रोगप्रतिरोधी क्षमता बढाउँछ
अम्बामा पाइने भिटामिन–सीले शरीरमा एन्टिअक्सिडेन्टको मात्रा बढाउँछ । जसले गर्दा शरीरका विकार दिसा पिसाब, पसिना आदिको माध्यमबाट बाहिर निस्किन्छ ।

Leave A Comment