नीता आउट, रेखा इन

मङ्गलबार, ११ माघ २०७३, ११ : ३९ शुक्रवार , Kathmandu
नीता आउट, रेखा इन

हालै रेखाले पहिले नै घोषणा भइसकेको फिल्म छाडेर नयाँ फिल्म बनाउने घोषणा गरेकी छिन् । नाम राखेकी छिन् ‘रुद्रप्रिया’ । फिल्ममा रमेश पौडेलको ५० प्रतिशत लगानी रहने समाचारमा उल्लेख छ । रमेश त्यही व्यक्ति हुन्, जसले रमेश संवेदनाको नाममा यसअघि सुमिना घिमिरेलाई लिएर ‘नाइन ओ क्लक’ बनाएका थिए । तर, रेखासँग साझेदारी गर्नुअघि रमेशले नीता ढुंगानालाई पनि फिल्म खेलाउने भन्दै एडभान्स रकमसमेत दिएको स्रोत बताउँछ । रमेशले उनलाई पैसा मात्र होइन, फिल्मको टिम नै खोज्ने जिम्मा दिएका थिए । यही कारण नीता केही समय आफूसुहाउँदो कथा पनि खोजिरहेकी थिइन् । तर, अन्त्यमा रमेशले अर्कै फिल्म बनाउने घोषणा गरे । रमेशको प्रोजेक्टमा रेखा इन भएकी हुन् वा नीता आउट ? त्यो त समयले बताउला तर ‘रुद्रप्रिया’को अर्को रोचक कुरा के छ भने यसको मुख्य भूमिकामा रेखासँगै सुदर्शन थापा र अर्पण थापा छन् । अर्थात् ट्रिपल थापा । थर एउटै देखेर चाहिँ कतै दर्शक दाजु–बहिनीको फिल्म भनेर नझुक्कियून् ।

Leave A Comment