सेल्फीमा विश्व कीर्तिमान

मङ्गलबार, ११ माघ २०७३, ११ : ३३ शुक्रवार , Kathmandu
सेल्फीमा विश्व कीर्तिमान

स्मार्टफोन कम्पनी  हुवावेले सेल्फी खिच्नेमा नयाँ विश्व कीर्तिमान कायम गरेको छ । गत जनवरी ११ मा हुवावेको मेट ९ मोडल फोनले ३ सेकेन्डको अन्तरालमा १ सय ६० वटा हाई डेफिनिसन सेल्फी खिचेर नयाँ कीर्तिमान राखेको हो ।
 यसअघि सोही समयमा मेक्सिकोमा १ सय २२ सेल्फी खिचेर बनाइएको रेकर्ड तोड्दै दुबईमा नयाँ कीर्तिमान कायम गरिएको हो । सो कार्यक्रममा प्रत्येक व्यक्तिले आ–आफ्नो स्मार्टफोन तथा डिजिटल क्यामेराको प्रयोग गरी दुबईको सेल्फी खिचेर विश्व कीर्तिमान राख्न सहयोग गरेका थिए ।

Leave A Comment