मेस्सीविरुद्ध बोल्नेलाई कारबाही

मङ्गलबार, ११ माघ २०७३, ११ : २६ शुक्रवार , Kathmandu
मेस्सीविरुद्ध बोल्नेलाई कारबाही

स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर लियोनल मेस्सीका बारेमा नकारात्मक टिप्पण्ी गरेको भन्दै क्लबका एक जना अधिकारीलाई कारबाही गरेको छ । बार्सिलोनाका पदाधिकारी पेरे ग्राटाकोसले क्लबलाई कोपा डेल रे कपको क्वार्टरफाइनलमा पु¥याउने मेस्सी मात्रै नरहेको बताएका थिए । बार्सिलोनाले ती अधिकारीको भनाइ व्यक्तिगत रहेको र त्यो क्लबको धारणा नरहेको पनि स्पष्ट पारेको छ ।
कोपा डेल रे कपको प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा मेस्सीले ७८ औँ मिनेटमा गरेको फ्रि–किक गोलमार्फत बार्सिलोना एथ्लेटिको बिल्बाओलाई समग्रमा ४–३ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।
तर, ग्राटाकोसले आन्द्रेस इनिएस्टा वा नेइमारबिना मेस्सी त्यस्तो उत्कृष्ट हुन नसक्ने बताएका थिए । उनले भने, ‘मेस्सी टिमका महŒवपूर्ण खेलाडी हुन्, तर लुइस स्वारेज र जेराड पिके पनि उत्तिकै महत्वपूर्ण छन् । टिमको मेहनतले क्लब क्वार्टरफाइनलमा पुगेको हो, मेस्सी एक्लैका कारण होइन ।’
त्यसलगत्तै बार्सिलोनाले एक वक्तव्य जारी गरेर ग्राटाकोसलाई स्पेनिस फुटबल फेडेरेसनसँगको स्पोर्टिङ रिलेसन प्रमुखबाट हटाइएको जनाएको छ । तर, उनी क्लबको युथ एकेडेमीको जिम्मेवारीमा भने रहिरहनेछन् ।

 

Leave A Comment