जहाँ नुहाउँदैनन् महिला

मङ्गलबार, ११ माघ २०७३, ११ : ०९ शुक्रवार , Kathmandu
जहाँ नुहाउँदैनन् महिला

अफ्रिकी देश नामिबियामा कुनैन भन्ने एउटा प्रान्त छ, जहाँ हिम्बा नाम गरेको आदिवासी समुदाय बस्छ । रोचक कुरा के छ भने यो आदिवासी समुदायका महिलाहरू कहिल्यै नुहाउँदैनन् । तर, पनि यो समुदायका महिलालाई अफ्रिकाभरि सुन्दर मानिन्छ ।
हिम्बा समुदायका करिब ५० हजारजति सदस्य कुनैन प्रान्तमा बस्ने गर्छन् । अफ्रिकाका सुन्दर महिलाको नाम लिनुप¥यो भने सोही समुदायका महिलाको नाम धेरैले लिने गर्छन् । त्यहाँको संस्कृतिले ती महिलालाई नुहाउन त परै जाओस्, पानीले हात धुने छुट पनि दिँदैन ।
ननुहाए पनि शरीरलाई सफा राख्ने उनीहरूको आफ्नै तरिका छ । उनीहरू जडीबुटी पानीमा उमाल्छन् र यसबाट निस्किने बाफमा सेकिएर शरीर शुद्ध राख्ने गर्छन् । त्यसै गरी उनीहरू शरीरमा स्थानीय जनावरको दिसा, माटो आदि मिसाएर तयार पारेको लेप दल्ने गर्छन्, जसले शरीरलाई सफा र रातो राख्ने गर्छ । यहाँका महिला सफासुग्घर र राता देखिन्छन् ।

 

Leave A Comment