भीआईपीका रुचि/अभिरुचि

सोमबार, १० माघ २०७३, ०८ : ३६ शुक्रवार , Kathmandu
भीआईपीका रुचि/अभिरुचि

बेन्यामिन नेतन्याहू, इजरायली प्रधानमन्त्री
– उनको प्रमुख रुचि लेखन हो । उनी गैरआख्यान लेख्छन् । उनले आतंकवादसम्बन्धी चार वटा किताब लेखेका छन् ।
–    यहुदीवादको पक्षमा तथा यहुदीविरोधी अरब तथा नाजीहरूको विरोधमा लेखिएका कवितामा उनको विशेष अभिरुचि छ । यस्ता कविता लेखनमा कहलिएका यहुदी कवि हायिम नाहमान बियालिक उनका मन पर्ने कवि हुन् ।
–    खानाका पारखी भए पनि उनी यहुदी धर्मले वर्जित गरेका सुँगुर, खरायोजस्ता जनावरको मासु खाँदैनन् । यसबाहेक सबै कुरा उनी स्वादले खान्छन् ।
–    फलफूल र सलाद भनेपछि उनी हुरुक्कै हुन्छन् । बैठक चलिरहेको बेला बीचबीचमा उनी प्लेटमा काटेर राखेको फलफूल खाइरहने गर्छन् ।
–    उनको मन पर्ने खाद्यमा पर्छ, ड्राई फ्रुट । उनको झोलामा ड्राई फ्रुट टुट्दैन ।
–    अध्ययनमा उनको ज्यादै अभिरुचि छ । रोमन साम्राज्यविरुद्ध यहुदीहरूले गरेको विद्रोहसम्बन्धी किताबमा उनको गहिरो रुचि छ । यससम्बन्धी लेखिएका प्रायः सबै प्रमुख किताब उनले पढिसकेका छन् ।  
–    ‘द फाइभ फोरफादर्स अफ जायनिजम’ उनले बढी उल्लेख गर्ने किताब हो । यसका लेखक बेन–जियन नेतन्याहू उनका बाबु हुन् । यो किताब यहुदीवादीमाझ निकै लोकप्रिय छ ।
–    पछिल्लो पटक उनले पढेका केही किताब हुन्– डोर गोल्डको ‘द राइज अफ न्युक्लियर इरानः हाउ तेहरान डिफाइज द वेस्ट’, एभेरी गोल्डको ‘डिटरेन्स एन्ड सेक्युरिटी इन द ट्वेन्टी फस्र्ट सेन्चुरी’,  एन्जेलो कोडभिल्लाको ‘एड्भाइस टू वार प्रेसिडेन्ट्सः अ रिमेडिएल कोर्स इन स्टेटक्य्राफ्ट’, हेनरी किसिन्जरको ‘वल्र्ड अर्डर’ ।
–    पछिल्लोे पटक उनले पढेको उपन्यास हो, एल्डस हक्सलेको ‘ब्रेभ न्यू वल्र्ड’ ।
–    उनी अलिक खर्चालु स्वभावका छन् । उनी प्रधानमन्त्री भएपछि प्रधानमन्त्री कार्यालयको खर्च एकाएक बढ्न पुगेको थियो । यसकारण उनको आलोचनासमेत भएको थियो ।
–    युद्धबारे बनेका फिल्म हेर्न उनी रुचाउँछन् ।

 

Leave A Comment