कुन मोबाइलमा चल्छ ?

सोमबार, १० माघ २०७३, ०८ : २४ शुक्रवार , Kathmandu
कुन मोबाइलमा चल्छ ?

तपाईंको मोबाइल फोनको नेटवर्क सेटिङमा गई फोनले कुन–कुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ । उपलब्ध विकल्पमध्ये फोरजी÷एलटीई रहे नरहेको यकिन गर्नुहोस् । नेपाल टेलिकमको नेकवर्कमा फोरजी÷एलटीई सेवा सुचारु गर्नका लागि मोबाइलले १८०० मेगाहर्ज ब्यान्डमा काम गर्छ भन्ने सुनिश्चित गर्न फोनको स्पेसिफिकेसन हेर्नुहोस् ।
सिमले काम गर्छ ?
तपाईंले आफ्नो मोबाइलबाट स्टार ४४४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सिम परीक्षण गर्न तथा फोरजी सेवा सुचारु गर्न सक्नुहुन्छ । ८द्धद्धद्ध३ डायल गर्दा यदि तपाईंले हाल चलाइरहनुभएको टेलिकमको सिममा फोरजी नचल्ने रहेछ भनेर अपग्रेड गर्नुपर्छ भनेर सन्देश आउँछ ।
यदि अपग्रेड गर्नुस् भन्ने सन्देश आएमा काठमाडौँ उपत्यकामा दूरसञ्चारका कार्यालयहरू चाबहिल, हात्तीगौँडा, गंगबु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट नियमित प्रक्रियामार्फत फोरजी चल्ने यू–सिम प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
कति शुल्क लाग्छ ?
फोरजी सेवा सुरु गर्न कति लाग्ला भन्ने धेरैको जिज्ञासा हुन सक्छ । तर, यसमा आत्तिनुपर्ने केही छैन । यो सेवा सुरु गर्न कुनै शुल्क लाग्दैन । तर, डाटा प्रयोग गर्दा अवश्य शुल्क लाग्छ । थ्रीजीभन्दा धेरै गुणा फास्ट हुने भएकाले महँगो होला कि भन्ने पनि धेरैले सोच्लान् । तर, फोर जी सेवा थ्री जी सेवाकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विभिन्न प्याकेज नियमित उपलब्ध गराउँदै आएको छ । प्याकेजबारे टेलिकमको आधिकारिक वेबसाइटमा अवलोकन गर्न सकिनेछ ।
कुन एपीएन प्रयोग गर्ने ?
फोरजी सेवाको लागि प्रयोगमा आएको एनटीनेट वा एनटीवापमध्ये कुनै एक एपीएन तपाईंको मोबाइलमा प्रयोग गर्न सकिन्छ ।
हालको डाटा प्याकेज के हुन्छ ?
टेलिकमका अनुसार हाल भएको डाटा प्याकेज सेवा अवधिभर उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । साथै, फोरजी सेवा सुरु भइसक्यो र नेटवर्क कभरेज क्षेत्रमा हुनुहुन्छ भने फोरजीको स्पिडमै पुरानै प्याकेज उपयोग गर्न सकिनेछ ।
फोरजी सेवासम्बन्धी कुनै जिज्ञासा भएमा ग्राहक सेवा केन्द्रको नम्बर १४९८ मा सम्पर्क गरेर पनि बुझ्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

Leave A Comment