घरेलु काममा जाने महिलालाई टिप्स

सोमबार, १० माघ २०७३, ०८ : १९ शुक्रवार , Kathmandu
घरेलु काममा जाने महिलालाई टिप्स

–खाडी राष्ट्रहरूको श्रम कानुनअन्तर्गत घरेलु कामदार अन्य कामदारको परिभाषामा नपर्ने भएकाले कानुनी उपचार प्राप्त गर्न गाह्रो छ ।
–कफाला प्रणालीअन्तर्गत रोजगारदाताले तपाईंको त्यहाँको बसाइँ र काममा पूर्ण रूपमा नियन्त्रण गर्ने अधिकार हुन्छ ।
–काम गर्न जाँदा रोजगार भिसा हुनुपर्छ । अन्यथा, तपाईंलाई काम गर्न दिइन्न र अलेखबद्ध हुन सकिन्छ ।
–घरेलु काममा जानेको करार प्रायः दुई वर्षको हुन्छ । घरेलु कामदारले रोजगारदाताको अनुमतिबिना घर छाडेमा फौजदारी अपराध हुन्छ र जेल सजायसम्म हुन्छ ।
–तपाईंविरुद्ध दुव्र्यवहार भएको छ भने तुरुन्त फोनमार्फत वा चिनेको मान्छेमार्फत नेपाली दूतावासमा सम्पर्क गर्नुहोस् । ज्यानको खतरा भएमा मात्र रोजगारदाताको घर छाड्नुहोस् ।
–महिलाका लागि हालसम्म सुरक्षित गृहहरू संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र साउदी अरेबियामा स्थापना गरिएका छन् ।
–घरेलु काममा जान १ सय १० घण्टे तालिम लिएर मात्र जानुपर्छ ।

 

Leave A Comment