कलिउड अवार्ड लन्डनमा हुने

सोमबार, १० माघ २०७३, ०८ : ०९ शुक्रवार , Kathmandu
कलिउड अवार्ड लन्डनमा हुने

छैटौँ संस्करणसम्म आयोजना भएर केही वर्ष रोकिएको कलिउड सिनेमा अवार्डले अब निरन्तरता दिने भएको छ । संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टले सातौँ संस्करणको यो अवार्ड लन्डनमा गर्ने घोषणा गरेको छ ।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रमबीच कम्पनीका निर्देशक मनोज केसीले लन्डनमा रहेको थर्ड आई इन्टरटेन्मेन्टसँग सहकार्य गरेर अवार्ड आयोजना गर्न लागेको जानकारी दिए । थर्ड आईका तर्फबाट अजय राई कार्यक्रममा सहभागी थिए । २०५७ सालबाट सुरु भएको यो अवार्ड निर्देशक केसीले आफू चलचित्र प्राविधिक संघको नेतृत्वमा पुगेपछि रोकिएको बताए । ‘नेफ्टाको नेतृत्वबाट बाहिरिएपछि पुनः अवार्डलाई निरन्तरता दिन लागेको हुँ,’ उनले भने ।
करिब १५ विधामा अवार्ड वितरण गर्ने तयारी गरेको कार्यक्रममा जनाइयो । मे महिनामा अवार्ड गर्ने तयारी अनुरूप आफूहरू जुटेको संगिक्षा फिल्मस्का केसीले बताए ।

Leave A Comment