बोतलको मन्दिर

सोमबार, १० माघ २०७३, ०८ : ०६ शुक्रवार , Kathmandu
बोतलको मन्दिर

मन्दिरमा रक्सी, चुरोटजस्ता नशालु पदार्थ लैजान पाइँदैन । तर, बियरको खाली बोतलबाट कतै मन्दिर बनेको छ भन्ने सुन्नुभयो भने तपाईंलाई आश्चर्य लाग्न सक्छ । यो सत्य हो ।
थाइल्यान्डमा बियरका खाली बोतलहरू जोडेर मन्दिर बनाइएको छ । यो बौद्ध धर्मावलम्बीहरूको मन्दिर हो ।
सन् १९८४ मा सो मन्दिर बनाइएको हो । मन्दिर बनाउन १५ लाख वटा बियरका खाली बोतल प्रयोग भएका थिए । मन्दिरभित्रका मूर्ति पनि बियरकै बोतलबाट बनाइएका छन् । यो मन्दिरलाई ‘रिसाइकल्ड प्रोडक्ट’बाट बनेको सबैभन्दा भव्य र कलात्मक स्मारक मानिन्छ । मन्दिरमा देशविदेशबाट थुप्रै पर्यटक पुग्ने गर्छन् ।

Leave A Comment