पत्रकार सोनाक्षी

आइतबार, ०९ माघ २०७३, ०८ : ३४ शुक्रवार , Kathmandu
पत्रकार सोनाक्षी

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको आगामी फिल्म ‘नुर’को छायांकन सकिएको छ । छायांकनको अन्तिम दिन छायांकनस्थलमा खिचेको आफ्नो तस्बिर इन्स्टाग्राममा राखेर उनले ‘नुर’को छायांकन सकिएको जनाउ दिएकी हुन् ।
सोनाक्षीले ‘नुर’मा पत्रकार भएर अभिनय गरेकी छिन् । फिल्मलाई सुनहिल सिप्पीले निर्देशन गरेका हुन् । फिल्म अप्रिलमा रिलिज हुने तय भइसकेको छ ।
यसअघि सोनाक्षीले अधिकांश फिल्ममा चकलेटी युवतीको भूमिका निर्वाह गरेकी थिइन् । फिल्म ‘लुटेरा’ र ‘अकिरा’मा चाहिँ उनी फरक भूमिकामा देखापरेकी थिइन् । ‘नुर’मा पनि उनले फरक खालको अभिनय गर्न खोजेकी छिन् ।

 

Leave A Comment