फेसबुक क्रेजी साम्राज्ञी

आइतबार, ०९ माघ २०७३, ०८ : ३३ शुक्रवार , Kathmandu
फेसबुक क्रेजी साम्राज्ञी

नेपालमा प्रियंका कार्कीलाई सामाजिक सञ्जाल क्रेजी भनेर टिप्पणी गर्ने गरिन्छ । प्रियंकाले मिनेट–मिनेटमा सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने गर्छिन्, चाहे यो त्यो फिल्मको सुटिङ होस् वा इभेन्ट । प्रियंकाले यसरी फोटो हाल्दा कतिपय निर्माता/निर्देशकले फिल्मको लुक बाहिरियो भनेर गुनासो पनि गर्ने गरेका छन् । तर, प्रियंकाले आफ्नो बानी छाडेको थाहा छैन । उनलाई पनि माथ दिने गरी सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी छिन्, नवअभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह । साम्राज्ञी हाल ‘तिमीसँग’ फिल्मको सुटिङ गरिरहेकी छिन् । तर, सामाजिक सञ्जालमा उनलाई पछ्याउने हो भने उनले हालेको फोटोले फिल्ममा उनको गेटअप मात्र हैन, कथा नै भनिदिन्छन् । कहिलेकाहीँ फ्यानसँग अन्तरक्रिया गर्न र आफ्ना एक्सक्लुसिभ कुरा सेयर गर्न सामाजिक सञ्जालमा सक्रिय हुनु ठीकै हो । तर, सेकेन्ड–सेकेन्डमा फोटो हाल्ने र स्ट्याटस लेख्ने कुराले कलाकारको भाउ बढाउँदैन, उल्टै घटाउँछ । साम्राज्ञीले सचेत हुनुपर्ने हो कि ?

 

Leave A Comment