‘किन जीवनसँग हारेको, यम ?’

शनिबार, ०८ माघ २०७३, ११ : ०५ अनिल यादव , Kathmandu
‘किन जीवनसँग हारेको, यम ?’

‘समय नै कम लाग्न थालिसक्यो क्या मलाई त ! एक दिनमा किन २४ घण्टामात्रै भयो ? ४८ घण्टा भइदिएको भए थुप्रो काम भ्याउँथँे जस्तो लाग्छ ।’

तीन वर्षअघि सजना बरालले ¥यापर यम बुद्धसँग शुक्रवारका लागि अन्तरंग संवाद गरेकी थिइन् । उनको व्यस्ततामाथि प्रश्न गर्दा उनले माथिका पंक्ति बोलेका थिए । काम बढी तर समय कम भएको अभिव्यक्ति दिएका थिए । विडम्बना, दर्शकमाझ लोकप्रिय यिनै ¥यापर शनिवार बेलायतको राजधानी लन्डनमा मृत भेटिए । श्रीमती अस्मितासँगै त्यहाँ बस्दै आएका उनी बाथरुममा झुन्डिएको अवस्थामा भेटिएको परिवारलाई उद्धत गर्दै बीबीसीले जनायो ।

उनका ‘साथी’, ‘आमा’, ‘पागलपन’, ‘यो प्रसंग’ आदि बोलका ¥याप गीतहरू चर्चित छन् । उनी आफ्ना गीतमार्फत दर्शकलाई जीवन बाँच्न प्रेरित गर्थे, ‘जित्नुभन्दा ठूलो कुरा हिम्मत नहार्नु हो, त्यसैले लड्दैछु, संघर्ष गर्दैछु ।’ अरूलाई प्रेरित गर्ने व्यक्तिले आत्महत्या गरेपछि उनका प्रशंसक सबैभन्दा बढी दुःखी बनेका छन् । प्रशंसक रुविना उप्रेतीले यही उदाहरण दिँदै फेसबुकबाटै प्रश्न गरेकी छिन्, ‘आज किन जीवनसँग हारेको, यम ? यो छोटो जीवन किन यति छिट्टै त्यागेको ?’

नाम यम बुद्ध किन ?
उनको खास नाम अनिल अधिकारी हो  । तर, यम बुद्ध कसरी रहन गयो ? शुक्रवारसँग उनले यसको कारण यसरी दिएका थिए, ‘खासमा यो अचम्मै तालले रहन गएको नाम हो । सन् २००९ तिर बाइक एक्सिडेन्टमा मेरो खुट्टा भाँच्चियो । एक वर्षसम्म कम्प्लिट बेड रेस्ट गर्नुपर्ने भयो । त्यही बेला म अनलाइन ¥याप ब्याटल गर्न थालेँ । अनलाइनमा विभिन्न देशका प्रतिस्पर्धी हुन्थे । मैले ‘म नेपाली हो’ भनेर जनाउन बुद्ध नाम राखेको थिएँ । अडियो, भिडियो, टेक्स्ट गरी दिनको सात–आठवटा ब्याटल गर्थें । र, सबैलाई हराउँदै पनि थिएँ । तर, कारणवश त्यो ब्याटल निरन्तर गर्न सकिनँ । पछि, मेरो खुट्टा सञ्चो भएपछि नेपालमा पहिलो पटक ¥याप ब्याटल आयोजना भयो । मैले त्यसमा अनिल नाम राखेर भाग लिएँ । त्यसपछि ब्याटल गर्न जान्छु त सबै जना मलाई हेर्दै खस्याकखुसुक गर्छन् ! सुरुमा कुरा बुझिनँ । जेसुकै होस् भनेर ब्याटल गर्न थालेँ । जब–जब मेरो पन्चिङ बलियो हुन्थ्यो, सबै जना बुद्ध भनेर कराउँथे । म चाहिँ छक्क पर्थें । को बुद्ध ? कसरी बुद्ध ? मेरो नाम त अनिल हो । पछि थाहा भयो, मेरो अनलाइन ब्याटल नेपाली अन्डरग्राउन्ड सिनमा हिट रै’छ ।  खुट्टा भाँच्चिएकाले म घरमै थलिएको थिएँ । बाहिर के भइरा’छ थाहा थिएन । मैले त्यो ब्याटल जितेँ र बुद्ध भनेर चिनिन थालेँ । तर, त्यो नाम मलाई चित्त बुझिरहेको थिएन । त्यसैले बुद्धको अगाडि केही थप्ने सोच थियो । तर, के थप्ने ? सोच्दै थिएँ । एक दिन यमराज भन्ने शब्द अचानक दिमागमा आयो । यमराजको यम निकालेर बुद्धसँग जोडिहेरेँ, ट्याक्कै मिलेको जस्तो लाग्यो । त्यसपछि आफूलाई यम बुद्ध भनेर चिनाउन थालेँ ।’

‘खतरा’ अधुरै
मोरङ, सलकपुरमा जन्मिएका यम चाँडै नयाँ एल्बम ‘खतरा’ सार्वजनिक गर्ने तयारीमा थिए । उनले स्वयं त्यसबारे जानकारी दिएका थिए । प्रशंसक त्यसको व्यग्र प्रतीक्षामा थिए । उनको निधनपछि एल्बम सपना अधुरै भएको छ ।

म्यामको गालीले अंग्रेजी सिकायो  
यमले नै भनेका थिए, सरकारी स्कुलमा पढेका कारण उनको अंग्रेजी खासै गतिलो थिएन । पछि, काठमाडौँ आएर उनले बोर्डिङ स्कुलमा पढ्न थाले । एकपल्ट कक्षा–८ मा पढ्दा उनलाई अंग्रेजी पढाउने म्यामले अंग्रेजी नजानेको निहुँमा छुद्र पाराले गाली गरेकी रहेछिन् । ‘त्यही दिनदेखि मैले अंग्रेजी सिकेरै छाड्ने प्रतिज्ञा गरेँ । र, दिनरात रेडियो, टीभीमा अंग्रेजी गीत, फिल्म, समाचार, काटुर्न, डकुमेन्ट्री आदि हेर्न थालेँ,’ शुक्रवारसँग यमले भनेका थिए, ‘त्यही बेला मैले हिपहप म्युजिक पनि सुनेँ । आफू कविता लेख्ने भएकाले अन्य विधाभन्दा हिपहपमा बढी इन्टरेस्ट जाग्यो । र, ¥याप हान्न थालेँ ।’

युट्युबबाटै हिट
यम बुद्ध भन्थे, ‘संगीत मेरो प्यासन हो, पैसा होइन । मैले पैसा कमाउनलाई ¥याप हानेको होइन ।’ तर, आफ्ना गीत रेडियो र टेलिभिजनमा बजाउन दिदैनथिए । खास गरी टीभी कार्यक्रमका प्रोड्युसरको मानसिकताप्रति उनी रुष्ट थिए । किन त ? ‘आफ्ना च्यानल र कार्यक्रममा गीतसंगीत प्रसारण गरेपछि उनीहरूले गायकगायिकालाई रोयल्टी दिनुपर्ने हो । दिँदैनन् । यस्तो गर्नु उनीहरूका लागि बहादुरी भएको छ,’ शुक्रवारसँग उनले भनेका थिए, ‘अर्काको परिश्रम सित्तैमा खाँदा पनि उनीहरूलाई पटक्कै लाज लाग्दैन । मैले मेरो अधिकार, रोयल्टी पाउँदिनँ भने गीत पनि दिन्नँ भनेर मिडिया प्रयोग नगरेको हो । आफूसँग कला छ भने मिडिया–सिडिया केही चाहिँदैन । कला नहुनेले मात्रै मिडिया गुहार्छन् ।’ खासमा यम युट्युबबाटै दर्शकमाझ प्रिय बनेका गायक तथा ¥यापर हुन् । उनी स्वयं भन्ने गर्थे, ‘मेरा जेजति गीत हिट छन्, इन्टरनेटकै भरमा भएका हुन् । युट्युबले गर्दा भएका हुन् । मलाई प्रविधि (इन्टरनेट )ले यहाँसम्म पु¥याएको हो । म प्रविधिले चलेको हुँ ।’

 

Leave A Comment