‘मलेसिया गएर हन्डर खाएँ’

शनिबार, ०८ माघ २०७३, ११ : ०० सृजना खड्का , Kathmandu
‘मलेसिया गएर हन्डर खाएँ’

बा.२.ख ६९३१
चालकः रोशन तामाङ
के छ गुरुजी खबर ?
आरामै छु ।
घर कता प¥यो नि ?
सिन्धुली ।
ड्राइभिङ गर्न थालेको कति भयोे ?
तीन/चार वर्षजति भयो । पुरानो बाटो भक्तपुरदेखि लगनखेल/चाबहिल रुटको गाडी चलाएको चाहिँ भर्खरै एक महिना भयो ।
पहिला के गर्नुहुन्थ्यो ?
दुई वर्ष खलासी बसेँ । त्यसपछि बालुवा लोड अनलोड गर्ने काम पनि गरेँ । बिस्तारै सानोसानो गाडी चलाउँदाचलाउँदै यो गाडी चलाउने भइयो ।  
यो पेशामा कसरी आइयो ?
एक वर्ष मलेसिया गएँ । नराम्रो कम्पनी परेछ । निकै दुःख पाएँ । बरु, आफँैले जानेको काम गर्छु भनेर यसैमा लागेको हुँ ।
कमाई कति हुन्छ ?
कति हुनु । त्यही २०/२५ हजार त हो नि ।
सन्तुष्ट हुनुहुन्छ कामबाट ?
सन्तुष्टै छु ।
ड्राइभर नभएको भए के गरिन्थ्यो ?
के गरिन्थ्यो के आफैँलाई थाहा छैन ।
गीतसंगीत कत्तिको सुनिन्छ ?
सुनिन्छ । गाडीमा बढी सुनिन्छ ।
कस्ता खाले गीत सुन्नुहुन्छ ?
आधुनिक गीत सुन्छु ।
मन पर्ने गायकगायिका ?
गीत सुन्छु । तर, मन पर्ने गायकगायिका भन्ने छैन ।
 फिल्म हेरिन्छ ?
कहिलेकाहीँ हेर्छु ।
मन परेको कुनै फिल्म छ कि ?
मेरो बानी अचम्मको छ । फिल्म हेर्छु, हेरेपछि बिर्सिहाल्छु ।
केही योजना बनाउनुभएको छ ?
के योजना हुनु ? जीवन गाडी चलाएरै धान्ने त हो नि ।
 

 

Leave A Comment