बालिका लाइब्रेरियन

शनिबार, ०८ माघ २०७३, १० : ४४ शुक्रवार , Kathmandu
बालिका लाइब्रेरियन

लाइब्रेरियन बन्न किताब र किताब व्यवस्थापनसम्बन्धी ज्ञान आवश्यक पर्छ । तर, अमेरिकी राज्य जर्जियाकी चार वर्षीया बालिका डालिया अराना एक दिनका लागि लाइब्रेरियन बनिन् । त्यो पनि लर्तरो लाइब्रेरीमा होइन, संसारकै ठूलो लाइब्रेरी ‘यूएस लाइब्रेरी अफ कंग्रेस’मा ।
चार वर्षकी भए पनि डालिया पढाइमा असाध्यै रुचि राख्छिन् । सुन्दा आश्चर्य लाग्ला, तर उनले एक हजारजति किताब पढिसकेकी छिन् । किताबप्रतिको उनको अतिशय मोहको कदर गर्र्दै उनलाई एक दिनका लागि संसारकै ठूलो लाइब्रेरीको हर्ताकर्ता बनाइएको हो ।
डालियाले लाइब्रेरीकी अर्की लाइब्रेरियन कार्ला हेडनसँग मिलेर काम गरिन् । ड्युटी सकिएपछि घर फर्किएर कार्लाले ट्वीटरमा लेखिन्, ‘एक दिनका लागि डालियासँग मिलेर काम गर्न पाउँदा रमाइलो लाग्यो ।’

Leave A Comment