पर्वतमा सुनिए पाँच कवि

बिहिबार, ०६ माघ २०७३, ०१ : १८ शुक्रवार , Kathmandu
पर्वतमा सुनिए पाँच कवि

प्रगतिशील लेखक संघ पर्वतले आयोजना गरेको कवितावाचन कार्यक्रममा धौलागिरिका पाँच कवि गणेशकुमार जिसी, ओमप्रसाद घायल, सङ्गीतश्रोता, भरत विवश पौडेल र आरके अदीप्त गिरीले कविता सुनाए । प्रत्येक कविले पाँच÷पाँच वटा कविता सुनाएका थिए ।
आरके अदिप्त गिरीले ‘आमाको दुःख’, ‘नभेटिने क्षितिज’, ‘स्वास्नी मान्छेको उडान’, ‘निरमाया र उसको शहर’ र ‘पराजित यात्रा’ शीर्षकका कविता सुनाए भने भरत विवश पौडेलले ‘जागिरको समीकरण’, ‘घण्टाघर र रानीपोखरी’, ‘मेरो देश’, ‘अझै एउटा कविता लेख्छु’ र ‘परिर्वतन’ शीर्षकका कविता वाचन गरे । उता, सङ्गीतश्रोताले ‘महिलाहरू कहाँ छन् ?’, ‘हेडसर र बसन्ती संवाद’, ‘झोला’, ‘मोदनाथको ठेगाना खोज्दै हिँडेका पृथ्वीनारायणका प्रेतहरू’ र ‘सुई’ शीर्षकका कविता सुनाए । कवि ओमप्रसाद घायलले ‘आमा’, ‘नयाँ नेपाल’, ‘भगवान्को अवतार’, ‘सम्पादकलाई ज्ञापनपत्र’ र ‘यात्रा’ कविता प्रस्तुत गरे । गणेशकुमार जिसीले ‘इच्छा पत्र’, ‘शासकको नाममा’, अग्नियात्रा आदि शीर्षकका कविता वाचन गरेका थिए ।

Leave A Comment