चन्द्रकलाको ‘सोल्टी हजुर’

बिहिबार, ०६ माघ २०७३, १२ : ५५ शुक्रवार , Kathmandu
चन्द्रकलाको ‘सोल्टी हजुर’

गायिका चन्द्रकला राईको दोस्रो एल्बम ‘सोल्टी हजुर’को शीर्ष गीत सार्वजनिक भएको छ । स्वरमा उनलाई गायक रेवत राईले साथ दिएका छन् । चन्द्रकलाकै शब्द रहेको गीतमा भीषण मुकारुङको संगीत र सागर संसार राईको एरेन्ज रहेको छ । नेत्र किरातीले निर्देशन गरेको गीतको भिडियामा सुमन, कोपिला र शेरबहादुर फिचरिङमा छन् ।

विकासको ‘भनन तिमीलाई’
गायक विकास उप्रेतीको ‘भनन तिमीलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमन पाण्डेको शब्द रहेको गीतको संगीत र एरेन्ज किरण भण्डारीले गरेका हुन् । शान थापाले निर्देशन गरेको गीतको भिडियोमा निराजन प्रधान र सुरुचिले मोडलिङ गरेका छन् ।

विनमको ‘प्रयास’
गायक विनम राईले आफ्नो पहिलो एल्बम ‘प्रयास’सँगैे एउटा भिडियो सार्वजनिक गरेका छन् । एल्बम ‘प्रयास’मार्फत नेपाली सांगीतिक क्षेत्रमा पाइला राखेका विनमले ‘थोरै रिस धेरै माया’ बोलको गीतको भिडियो बनाएका छन् । जसमा टंक बुढाथोकीको संगीत रहेको छ भने शब्द गायककै छ । विनमको ‘प्रयास’मा पाँच गीत रहेका छन् ।

Leave A Comment