प्रियंकाकी हिरोइन मञ्जु

बिहिबार, ०६ माघ २०७३, ११ : ५९ शुक्रवार , Kathmandu
प्रियंकाकी हिरोइन मञ्जु

नेपाली दर्शकका लागि खुशीको खबर छ– ‘हास्य सिरियल ‘मेरी बास्सै’मा खड्ककाजीकी श्रीमती बनेर काम गरेकी अभिनेत्री मञ्जु केसी क्षत्री बलिउड अभिनेत्री प्रियंका चोपडाको फिल्ममा देखिने भएकी छिन् । द टेलिग्राफ इन्डियाका अनुसार प्रियंकाले निर्माण गर्न लागेको सिक्किमेली–नेपाली फिल्म– ‘पाहुना ः द लिटल भिजिटर्स’मा उनलाई हिरोइनका रूपमा अनुबन्धित गरिएको छ । पर्पल पिबल प्रोडक्सन ब्यानरमा यो फिल्म बन्न लागेको हो ।  ‘मुम्बईमा रहेको प्रोडक्सन कम्पनीले फोनमार्फत फिल्मको लागि छनोट भएको जानकारी गराएको छ,’ मञ्जुको भनाइ उद्धृत गर्दै टेलिग्राफले लेखेको छ, ‘छनोट भएको खबर सुनेर एकछिन बोली बन्द भयो ।’ सिक्किमकी यी मोडलले केही म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । बताइएअनुसार उनले सिक्किमस्थित मणिपाल युनिर्भिर्सटीबाट एमबीए गरेकी छिन् । पाखी ए. टायरवालाले निर्देशन गर्ने यो फिल्ममा आमाबुबाबाट छुट्टिएको बालबालिकाको कथा समेटिने बताइएको छ । फिल्मको सुटिङ मार्चबाट सुरु हुँदैछ ।

Leave A Comment