इमिलीलाई पहिरनको धोका

बुधबार, ०५ माघ २०७३, ०१ : ०८ शुक्रवार , Kathmandu
इमिलीलाई पहिरनको धोका

अमेरिकी मोडल तथा अभिनेत्री इमिली रताज्कोवस्कीले लाजमर्दाे स्थिति सामना गर्नुप¥यो । गत साता अमेरिकामा आयोजन भएको गोल्डेन ग्लोब अवार्ड वितरण समारोहमा सहभागी हुन पुगेकी उनको पहिरनले धोका दिएको थियो ।
पहेँलो रङको पहिरनमा सजिएर उनी कार्यक्रममा उपस्थित भएकी थिइन् । कम्मरमाथि र कम्मरभन्दा अलिक तल बीचमा चिरिएको पहिरन उनले लगाएकी थिइन् । कार्यक्रममा तस्बिरका लागि पोज दिने क्रममा चिरिएको कम्मरमुन्तिरको पहिरनको एकापट्टिको भाग हावाले उडाएपछि उनी असहज स्थितिमा फस्न पुगिन् ।

Leave A Comment