१० लाखकी नम्रता

बुधबार, ०५ माघ २०७३, १२ : ५१ शुक्रवार , Kathmandu
१० लाखकी नम्रता

सामान्यतया नेपाली फिल्मका हिरोइनको पारिश्रमिक दुईदेखि पाँच लाख रुपैयाँसम्म रहँदै आएको छ । नम्रता श्रेष्ठले पनि यसअघिका फिल्ममा सोही हाराहारीको पारिश्रमिक लिँदै आएकी हुन् । तर, उनले पछिल्लो समय साइन गरेको एउटा फिल्ममा भने चल्तीका हिरोलाई टक्कर दिने गरी १० लाखभन्दा बढी पारिश्रमिक लिएकी छिन् । नाम फाइनल नभएको सो फिल्मका लागि नम्रताले त्यति ठूलो रकम हाताहाती पाउन लागेकी भने होइनन् । उनले क्यास प्लस हङकङ अधिकारबापत यत्तिको पैसा पाउन लागेकी हुन् । फिल्मको प्रस्ताव लिएर गएका निर्मातासँग नम्रताले तीन लाख क्यास र हङकङ प्रदर्शन अधिकार मागेकी थिइन् । दानी निर्माताले नम्रतालाई नाइँ भनेनन् । यस्तोमा तीन लाख नगद र हङकङमा फिल्म बेचेको पैसाबाट नम्रताले कम्तीमा पनि १० लाख हात पार्नेछिन् । नम्रताको फ्यान फलोइङ यति पनि छैन कि उनले लिए बराबरको पारिश्रमिक उनका ‘कोर फ्यान’ले फिल्म हेरेर उठाइदिऊन् । तर, निर्मातालाई त्यसको चिन्ता छैन भने हामीलाई केको खसखस ?

 

Leave A Comment