प्रेमिकाको जत्थाबीच प्रेमी

बुधबार, ०५ माघ २०७३, १२ : ४९ शुक्रवार , Kathmandu
प्रेमिकाको जत्थाबीच प्रेमी

अमेरिकाबाट प्रकाशित हुने प्लेब्वाई म्यागजिनका मालिक ह्यू हेफ्नरले आफ्नो निवासको नाम नै ‘प्लेब्वाई म्यान्सन’ राखेका थिए । किनकि, उनी स्वयं प्लेब्वाई थिए । आफ्नो जीवनशैलीबाट उनले यसलाई पुष्टि गरेका थिए ।
उमेर बढी भए पनि उनी यौनका धुरन्धर पारखी थिए र धेरै महिलासँग शारीरिक सम्बन्ध बनाउने उनको स्वभाव थियो । यस उद्देश्यका साथ उनले ठूलो संख्यामा प्रेमिका बनाएका थिए ।
उनका दर्जनौँ प्रेमिका थिए, जो उनीसँगै प्लेब्वाई म्यान्सनमा बस्ने गर्थे । बंगलामा भएका सबै प्रेमिकासँग उनले शारीरिक सम्बन्ध राखेका थिए । ढल्कँदो उमेर भएकाले दिनहुँ यौन क्रीडामा खरो उत्रिन नसकौँला भनेर उनले घरमा पर्याप्त भियग्रा राख्ने गरेका थिए । सबै प्रेमिकालाई उनले मोटो रकम दिने गरेका थिए र यसैको लोभमा प्रेमिकाहरू उनीसँग बस्ने गर्थे । प्लेब्वाई म्यान्सनभित्र हुने यस्ता क्रियाकलापबारे सयौँ समाचार लेखिएका छन् र यसको सर्वत्र आलोचनासमेत भएको छ ।
गत वर्ष ह्यूले प्लेब्वाई म्यान्सन ११ अर्ब रुपैयाँमा बिक्री गरे । कुनै बेला यौनको केन्द्र बनेको सो म्यान्सन अहिले सुनसानजस्तै छ र यसबारे समाचार बन्न पनि छोडेको छ ।

Leave A Comment