कोहलीका लागि धोनीको त्याग

मङ्गलबार, ०४ माघ २०७३, १२ : ०८ शुक्रवार , Kathmandu
कोहलीका लागि धोनीको त्याग

भारतका पूर्वक्रिकेटर चेतन चौहानले पूर्व कप्तान महेन्द्रसिंह धोनीले क्रिकेटर विराट कोहलीका लागि ठूलो त्याग गरेको दाबी गरेका छन् । धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएर कोहलीका लागि ठूलो त्याग गरेको पूर्व टेस्ट ओपनर चौहानको दाबी छ । सन् २०१९ मा इंग्ल्यान्डमा हुने विश्वकपसम्म कप्तानका रूपमा खेल्न सक्ने क्षमता हुँदाहुँदै पनि धोनीले कोहलीका लागि कप्तानी त्यागेको  चौहानले बताए । उनले भने ‘धोनी शिष्ट र राम्रो मूल्यांकन गर्न सक्ने कप्तान हुन् । उनी आउँदो एक दिवसीय विश्वकपसम्म कप्तानका रूपमा खेल्न योग्य थिए । तर, उनले राजीनामा दिए । धोनीले विराट कोहलीका लागि ठाउँ दिएका हुन् । विराटका लागि धोनीले गरेको यो ठूलो त्याग हो ।’
कुल ३ सय ३१ खेलमा कप्तानी गरेका धोनीले आफ्नो कप्तानीमा भारतलाई विश्वकप, ट्वेन्टी–ट्वेन्टी विश्वकप तथा च्याम्पियन्स ट्रफीको उपाधि दिलाउन सफल रहे । धोनीले राजीनामा दिएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले कोहलीलाई कप्तान बनाएको छ ।

 

Leave A Comment