संयमित कियरा

मङ्गलबार, ०४ माघ २०७३, १२ : ०४ शुक्रवार , Kathmandu
संयमित कियरा

पपगायिका कियराले पूर्वपति फ्युचरसँगको सम्बन्धलाई थप तनावपूर्ण नबनाउने भएकी छिन् । केही समयअघि उनले फ्युचरविरुद्ध अदालतमा मानहानिको मुद्दा दायर गरेकी थिइन् । तर, अहिले आएर उनले सो मुद्दा फिर्ता लिएकी छिन् ।
केही साताअघि फ्युचरले एउटा रेडियोलाई दिएको अन्तर्वार्तामा कियरालाई ‘खराब आमा’ भनेका थिए । सम्बन्ध विच्छेद हुनुअघि उनीहरूले दुई सन्तानलाई जन्म दिइसकेका छन् । तर, उनीहरूको हेरचाहमा कियरा संवेदनशील नरहेको आरोप उनले लगाएका थिए । ‘अहिले पनि मेरा सन्तानका निम्ति मैले नै खर्च बेहोरिरहेको छु । तर, कियराले मलाई आफ्नै सन्तानसँग भेट्न दिइरहेकी छैनन्,’ उनले भनेका थिए ।
पूर्वपतिको यस्तो अभिव्यक्तिपछि उनले मानहानिको मुद्दा दर्ता गरे पनि निकटस्थहरूको परामर्शमा उनले मुद्दा फिर्ता लिएकी हुन् ।

Leave A Comment