अपानवायुले दिक्क भइयो ?

मङ्गलबार, ०४ माघ २०७३, ११ : ५९ शुक्रवार , Kathmandu
अपानवायुले दिक्क भइयो ?

दिनमा १० देखि २० पटकसम्म अपानवायु छोड्नु सामान्य हो । तर, अपानवायु आइरहन्छ र त्यो असाध्यै गनाउँछ भने तपाईंलाई निम्नमध्ये कुनै एक समस्या भएको हुन सक्छः
– श्वास फेर्दा, हतारहतार खाँदा अथवा सोडा पिउँदा शरीरभित्र पसेको हावा कतै अड्किएर बसेको भएमा गनाउने अपानवायु आउँछ ।
–आन्द्रामा ब्याक्टेरिया भएमा यसले ग्यास उत्पन्न गर्छ । जसकारण गनाउने अपानवायु आउँछ ।
–सल्फरयुक्त खाना बढी खाएमा पनि यस्तो समस्या हुन्छ ।
–ब्रोकाउली, फल, मासु, काउली, बन्दा, दुग्ध परिकारलगायत खाँदा पनि गनाउने अपानवायु निस्किन्छ ।
– यदि दुग्ध परिकार खाँदा गनाउने अपानवायु आउँछ भने तपाईंको शरीरले ल्याक्टोस रुचाउँदैन भन्ने बुझ्नुपर्छ । यस्तो भएमा परामर्शका लागि डाक्टरकोमा जानुपर्छ ।
–पेट कटक्क खाने अथवा कब्जियत हुने मानिसको अपानवायु पनि बेस्कन गनाउँछ । यस्तो भएमा पनि चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
–गनाउने अपानवायु बारम्बार आइरहन्छ भने सेलियाक नामक रोग लागेको हुन सक्छ । यो पाचननलीमा हुने एउटा रोग हो ।
–शरीरमा बढी ताप उत्पन्न हुनेलाई पनि गनाउने अपानवायु आइरहन्छ । यस्तो शरीर भएका मानिसमा पित्तदोष हुुन्छ । पित्तदोष बढेका कारण गनाउने अपानवायु आइरहने गरेको छ भने पचाउन कठिन हुने खाना छोड्नुपर्छ ।

                        

 

Leave A Comment