'मर्छु भन्ने फ्यान भेटे'

मङ्गलबार, ०४ माघ २०७३, ११ : ३७ शुक्रवार , Kathmandu
'मर्छु भन्ने फ्यान भेटे'

म्युजिक भिडियोबाट युवा पुस्तामाझ लोकप्रिय भएका हुन्, मोडल पल शाह । उनका धेरै प्रशंसक  छन् । उनले राधिका अधिकारीसँग आफ्ना फ्यानबारे कुराकानी गरेका छन् ।
फूलसँगै प्रेमपत्र दिने फ्यान
हालै, नेफ्टा अवार्डका लागि दुबई गएको थिएँ । त्यहाँ मेरा थुप्रै फ्यान आउनुभएको थियो । त्यही गु्रपमा एक जना युवतीले फूलको गुच्छासँग ‘आई लभ यू पल’ लेखिएको प्रेमपत्र पनि दिइन् ।
रुने फ्यान
गोदावरीमा एउटा म्युजिक भिडियोको सुटिङ गर्ने क्रममा एक जना नौ÷दश कक्षामा पढ्ने युवती मेरो नजिक आइन् । उनले रुँदै आफूलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउन आग्रह गरिन् । सुटिङ अवधिभरि उनी मेरो वरिपरि घुमिरहिन् । घर फर्केर फेसबुकमा उनको नाम सर्च गरँे तर फेला पारिनँ ।
मर्छु भन्ने फ्यान
केही समयअघि दार्जिलिङबाट निखिता देवान भन्ने फ्यानले आफूलाई क्यान्सर भएको र मेरो बोली सुन्न मन लागेको भनेर म्यासेन्जरमा म्यासेज पठाइन् । मैले भ्वाइस म्यासेज नगरे मर्छु भनेकी थिइन् । मलाई पनि माया लाग्यो अनि, ‘गेट वेल सुन, आफ्नो ख्याल गर’ भनेर भ्वाइस म्यासेज पठाएँ । तर, पछि थाहा भयो उनलाई क्यान्सर भएको रहेनछ । क्यान्सर छ भनेपछि मैले रिप्लाई गर्छु भनेर उनले मसँग झुट बोलेकी रहिछन् । पछि ‘सरी’ भनेर माफी मागिन् ।
कोठाभरि गिफ्ट
घरको एउटा कोठा फ्यानको गिफ्टले भरिन थालेको छ । फूल, पफ्र्युमलगायत थुपै्र गिफ्ट दिन्छन् फ्यानहरूले ।
विदेशी फ्यान
श्रीलंका र भुटानका नागरिक पनि मेरा फ्यान छन् । श्रीलंकाका एक जना फ्यानले त भेट्न निकै आग्रह गरेका छन् । तर, भेट्न पाएको छैन ।
मेरो नाम जोड्ने फ्यान
बुटवलकी आस्था शर्मा र भक्तपुरकी निखिताले मलाई फलो गरेको लामो समय भइसक्यो । अशोक क्षत्रीलगायत धेरै साथीले त फेसबुकमा आफ्नो नामको पछाडि मेरो नाम लेख्ने गरेका छन् ।

प्रस्तुतिः राधिका अधिकारी

 

 

Leave A Comment