शिशुको निधारमा प्रेम चिह्न

मङ्गलबार, ०४ माघ २०७३, ११ : २३ शुक्रवार , Kathmandu
शिशुको निधारमा प्रेम चिह्न

टर्कीमा १४ महिनाअघि जन्मिएका एकजना बालकको टाउकोमा प्रेमको चिह्न (मुटु) थियो । जन्मँदैखेरि बसेको दाग अझैसम्म नगएपछि उनलाई ‘प्रेमको प्रतीक’ नाम दिइएको छ ।
ती बालक हुन्, सिनार एनजिन । जो टर्कीको राजधानी अंकाराका बासिन्दा हुन् । उनलाई टर्कीमा ‘लभ बेबी’का नामले समेत चिनिन्छ ।
‘जन्मँदैखेरि उसको निधारमा यस्तो दाग थियो । बिस्तारै हट्ला भन्ने सोचेका थियौँ, तर हटेन । सबैले उसलाई ‘लभ बेबी’ भन्छन् । यस्तो सुन्दा हामीलाई रमाइलो लाग्छ,’ बालकका बाबु मुरत र आमा सेयडाले भने ।

Leave A Comment