‘लुट’मा नआउन ‘सुट’ को बहाना

सोमबार, ०३ माघ २०७३, १२ : ३१ शुक्रवार , Kathmandu
‘लुट’मा नआउन ‘सुट’ को बहाना

‘फस्ट लभ’बाट उदाएकी ऋचा शर्माको जीवनमा ‘लुट’ टर्निङ प्वाइन्ट थियो । यही फिल्मका निर्देशक निश्चल बस्नेतले ऋचालाई उनकै दोस्रो फिल्म ‘टलकजंंंग भर्सेस टुल्के’ मा ऋचालाई थरुनी युवतीको लोभलाग्दो भूमिका मात्र दिएनन्, विनय श्रेष्ठसँगको ‘ब्रेकअप’ पछि चाहिएको सहारा पनि दिए । यति मात्र होइन, ‘लुट’ को सिक्वेलमा पनि निश्चलले ऋचालाई छाडेनन् । तर, सोही फिल्मको ट्रेलर लन्च गर्ने कार्यक्रममा भने ऋचा आइदिनन् ।
कार्यक्रमपछि पत्रकारले सोधीखोजी गर्दा उनले आफू एड सुटमा रहेको बताइन् । आफूले खेलेका फिल्मका सानातिना कार्यक्रम पनि नछुटाउने ऋचाले सुटकै कारण ‘लुट २’ को कार्यक्रम छाडेको पत्याउन अलि गाह्रै पर्छ ।  अझ ‘लुट २’ को ट्रेलर लन्च गर्ने कार्यक्रम अकस्मात् बनेको पनि होइन । फ्लायर बनाएर केही दिनअघि नै फेसबुकमा राखिएको थियो । यस्तोमा उनले चाहेको भए एडको सुटिङ सार्न सक्थिन् अथवा एक घण्टाका लागि आउन पनि सक्थिन् ।  ट्रेलरमा ऋचाको ‘स्क्रिन स्पेस’ एकदमै कम छ । कतै यही कारण त होइन, ऋचाले ‘लुट’ मा नआउन ‘सुट’ को बहाना बनाएको ?

Leave A Comment